पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।
यात्रुबाहक बस इन्धन बोकेको भ्यानसँग ठोक्किँदा लागेको आगोका कारण उनीहरूको मृत्यु भएको बताइएको छ। फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो।
करिब ४० जना सवार उक्त बसका १५ जना घाइते भएका बताइएको छ। जसमा तीनजनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार जारी छ।
दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल