आइतबार साँझ बस्ने भनिएको समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। प्रदेशस्तरीय आमसभाको मिति टुंग्याउन मोर्चाको बैठक एकीकृत समाजवादीको कार्यालयमा साँझ ६ बजेलाई तय भएको थियो।
मोर्चाको बैठक सोमबार बिहान साढे ७ बजे बस्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा मिलेर गत ४ असारमा गठन भएको मोर्चाको हालसम्म दुईवटा मात्रै बैठक बसेको छ।