प्रतिनिधिसभा बैठक अनिश्चित

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ। 

सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँगको छलफलबाट सहमति जुट्न नसकेपछि संसद् बैठक अनिश्चित भएको छ।

यसअघि आजै सभामुखले देवराज घिमिरेले पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकलाई बोलाएर संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रयास गरेका थिए। सो बैठकमा दुवै पक्षको अडानले सहमति जट्न सकेन। 

आज १ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक भदौ ५ सम्म पुन: स्थगित भएको छ। बैठकमा सहभागी दलका नेताले सर्वदलीय बैठक सोमबार पुनः बस्ने र सहमतिको बिन्दु खोजिने बताए। 

६० किलो सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ।

सुझावित समाचार