आइसिसीले सन् २०१९ मा अबुधाबीमा भएको टी–२० लिगमा वेस्टइन्डिजका मार्लोन साइमुल्सले खेल भावनाविपरीत कार्य गरेको ठहर गरेको छ
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०१९ को अबुधाबीमा भएको टी–१० लिगमा भएको घटनालाई लिएर वेस्ट इन्डिजका पूर्वअलराउन्डर मार्लोन साइमुल्सलाई कारबाही गरेको छ । टी–१० मा साइमुल्सले खेल भावनाविपरीत चार क्षेत्रमा गल्ती गरेको आइसिसीले जनाएको छ । टी–१० लिगको घटना सम्बन्धमा आइसिसी र इमरेट्स क्रिकेट बोर्ड (इसिबी)ले संयुक्त रूपमा छानबिन गरेका थिए । सन् २०२१ को अक्टोबरमा अनुसन्धानकर्ताले उनीसँग बयान लिएका थिए । दुई वर्षसम्म चलेको अनुसन्धानमा आइसिसीको अनुशासन कमिटीले साइमुल्सले गम्भीर गल्ती गरेको प्रस्ट पारेको छ ।
आइसिसीको अनुशासन कमिटीले बिहीबारै प्रतिवेदन बुझाउँदै वेस्ट इन्डिजका खेलाडीलाई आर्थिक जरिवाना तिराउन भनिएको छ । कमिटीले साइमुल्सलाई कति जरिवाना गराउने भन्ने स्पष्ट पारेको छैन । बिबिसीले साइमुल्समाथि ठूलै आर्थिक क्षतिपूर्ति लगाउन सकिने जनाएको छ ।
आइसिसीले अनुशासन कमिटीका चार नियमअनुसार उनलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने भनेको छ । आर्टिकल २.४.२ अनुसार साइमुल्सले इसिबीको अनुसन्धानमा सहयोग गरेनन् । टी–१० खेल चलिरहँदा उनी आर्थिक प्राभोलनमा परेको प्रतिवेदनमा उल्लेख छ । होटेलमा बस्दा उनले कसैको माध्यमबाट सात सय ७० अमेरिकन डलर लिएका थिए । अनुसन्धानकर्तालाई उनले सूचना राम्रोसँग प्रभाव नगरेको आरोप छ । सामइमुल्सले आफूमाथिको कारवाही सम्वन्धमा केही प्रतिक्रिया दिएका छैनन् । सन् २०२० को नोभेम्बरमा उनले सन्न्यास लिएका थिए । टी–२० मा उनले होटेलमा बस्दा पदाधिकारीसँग झगडा गरेको र समयमै टिम मिटिङमा नपुगेको आरोप आइसिसीले लगाएको थियो । साथै, अनुसन्धानका क्रममा उनले सम्बन्धित पक्षलाई सहयोग नगरेकोसमेत आइसिसीको भनाइ छ ।
दुईपटक प्रतिबन्धमा
वेस्ट इन्डिजले टी–२० विश्कप क्रिकेट प्रतियोगिता दुईपटक उचाल्दा ४२ वर्षीय साइमुल्सले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१२ र ०१६ मा वेस्ट इन्डिजले टी–२० विश्वकप जितेको थियो । यो दुवै संंस्करणमा उनी सर्वाधिक रनकर्ता बनेका थिए । उनले वेस्ट इन्डिजबाट ७१ टेस्ट र २०७ एकदिवसीय खेल खेलेका थिए । उनले ६७ पटक अन्तर्राष्ट्रिय टी–२० मा सहभागिता जनाए । करिअरमा उनले समग्रमा ११ हजार रन बटुलेका छन् ।
सन् २०२० मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा उनी पटक–पटक प्रतिबन्धमा परेका छन् । सन् २००८ मा उनलाई आइसिसीले दुई वर्ष प्रतिबन्ध लगाएको थियो । २०१० मा उनी प्रतिबन्धमा परे । सन् २००७ मा सट्टेबाजसँग मिलेको प्रमाणित भएपछि उनी प्रतिबन्धमा परे । आइसिसीले एकपटक उनलाई बलिङ गर्न प्रतिबन्ध लगाएको थियो । सक्रिय क्रिकेट करिअरमा साइमुल्सले अस्ट्रेलियाका सेन वार्न, इंग्ल्यान्डका वेस्ट स्टोक्स र सिमर ग्राहम ओनिन्ससँग विवाद गरेका थिए । जुन घटना क्रिकेट इतिहासकै नराम्रो रूपमा लिइन्छ ।