मकवानपुरमा खोलाले बगाउँदा प्रजाको मृत्यु

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा बिहीबार एकजनाको मृत्यु भएको छ। 

चितवन जिल्लाको राप्ति नगरपालिका– १२ दुङथलीका ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

अध्यक्ष मल्लका अनुसार प्रजाको मकवानपुरको राक्सिराङ गाउँपालिका– ७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना भएर बग्ने स्थानीय रेउती खोलामा शव भेटिएको हो। 

खोला तर्ने क्रममा प्रजालाई खोलाले बगाएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको राक्सिराङ गाउँपालिका– ७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताए। 

भिनाजु नाता पर्ने प्रजा मंगलबार साँझ काँकडामा रहेका दिदी र बहिनीको घर जाने भन्दै स्थानीय होटेलमा खाजा खाएर निस्किएको वडाध्यक्ष प्रजाले जानकारी दिए। बुधबार रेउती खोलामा स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको वडाध्यक्ष प्रजाले बताए।

सुझावित समाचार