नेपाल टेलिकमको नाफा घट्यो

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

नेपाल टेलिकम कम्पनीको नाफा खुम्चिएको छ । कम्पनीको तथ्यांकअनुसार गत आव ०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.८६ प्रतिशतले कमी हो ।

अघिल्लो आवमा भने कम्पनीले ८ अर्ब ४७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको नाफा घटे पनि आय भने बढेको तथ्यांकमा उल्लेख छ । गत आवमा कम्पनीले ४४ अर्ब ८६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ४४ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आय ४९ करोड ३६ लाख रुपैयाँले बढेको हो ।

त्यस्तै, गत आवमा कम्पनीको सञ्चालन आय ३६ अर्ब ८० करोड रुपैयाँ भएको छ । यो रकम अघिल्लो आवको तुलनामा २.९४ प्रतिशतले कमी हो । गत आवमा बैंकको ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी १ अर्ब ८५ करोड रुपैयाँले वृद्धि भएको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार