साततले क्षेत्रमा यसरी खुलाइँदै छ खोला [भिडियो]

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका वडा नम्बर ७ र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित खहरे खोलाकाे करिब ८ सय मिटर खुला गरिएको छ। महानगरपालिकाको नगर प्रहरीसहितको टोलीले खोला खुला गरिरहेकाे छ।

वर्षौदेखि छोपिएको र ढलको रूपमा रहेको खोला खुला गर्न महानगर र बुढानीलकण्ठबीच समन्वय भएपछि महानगरले पाँच दिनअघिदेखि डोजर चलाउन थालेको हो। हालसम्म काठमाडौं महानगरतर्फ पाँच सय मिटर र बुढानीलकण्ठतर्फ तीन सय मिटर खाेला खुला गरिएकाे छ।

सुझावित समाचार