काठमाडौं महानगरपालिका वडा नम्बर ७ र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित खहरे खोलाकाे करिब ८ सय मिटर खुला गरिएको छ। महानगरपालिकाको नगर प्रहरीसहितको टोलीले खोला खुला गरिरहेकाे छ।
वर्षौदेखि छोपिएको र ढलको रूपमा रहेको खोला खुला गर्न महानगर र बुढानीलकण्ठबीच समन्वय भएपछि महानगरले पाँच दिनअघिदेखि डोजर चलाउन थालेको हो। हालसम्म काठमाडौं महानगरतर्फ पाँच सय मिटर र बुढानीलकण्ठतर्फ तीन सय मिटर खाेला खुला गरिएकाे छ।
.jpg'_'.2023-08-16.jpg)
महानगरपालिका वडा नम्बर ७ मा पर्ने साततले क्षेत्रमा खोला खुला भइसकेको छ। त्यहाँ पुरानो ढलपाइप निकालिएको छ भने थुनिएको खोला खोलिएको छ। बुढानीलकण्ठ–१० स्थित मिलनचोक र आरम्भचोकमा अहिले डोजर चलिरहेको छ।
.jpg'_'.2023-08-16.jpg)
उक्त खहरे खोलामा वर्षाको वेला भेल बग्छ। खोलामा स्थिर रूपमा बग्ने मूल छैनन्। स्थानीयले घरको ढलसमेत खहरेमा मिसाएका छन्। यसअघि छोपिएको ढल तथा खोला खुला गर्दा ढल गन्हाउन थालेको छ। यसअघि स्थानीयवासीले खोलामाथि स्ल्याब र बिर्को लगाएर त्यसलाई सडकको रूपमा प्रयोग गर्दै आएका थिए।
.jpg'_'.2023-08-16.jpg)
काठमाडौं महानगरपालिका खोला खुला गर्ने अभियानमा लागेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। उनका अनुसार बुढानीलकण्ठमा महानगरकै खर्चमा काम भइरहेको छ।
.jpg'_'.2023-08-16.jpg)
.jpg'_'.2023-08-16.jpg)
.jpg'_'.2023-08-16.jpg)
तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका