गालेपछि सुनको तौल ६० केजी ७१६ ग्राम

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण
गालेपछि सुनको तौल ६० केजी ७१६ ग्राम

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

ब्रेकसुबाट निकालेर गालेपछिको सुनको तौल ६० केजी सात सय १६ ग्राम भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा गालिएको थियो।

यसअघि सुन गाल्नुअघि सोमबार ब्रेकसुबाट निकाल्दा सुनको प्रारम्भिक परिमाण ६० किलो सात सय ८९ ग्राम देखिएको थियो।

गत ३ साउनमा त्रिभुवन विमानस्थलबाट तस्करी गरी भित्रिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।

सुझावित समाचार