तस्करीकाे सुन गाल्ने काम सकियो [तस्बिरहरू]

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको सुन गाल्ने काम सकिएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएकाे हो।

यसअघि सोमबार ब्रेकसुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ। गालेपछिकाे सुनकाे ताैललगायतका विवरण केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

सुझावित समाचार