लाङटाङ हाइड्रोको मुख्य सुरुङ निर्माण सम्पन्न

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

जिल्लाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । आयोजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो ।

गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आरएम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माणको काम दुई वर्षअघि कोभिड महामारीका वेला सुरु भएको थियो ।

आयोजनाको सुरुङ विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्तिको काम भइरहेको र सामान आएलगत्तै जडान कार्य सुरु हुने अर्यालले बताए । 

सुझावित समाचार