सुरक्षागार्डको हत्या आरोपमा दुई पक्राउ

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

सिराहाको मिर्चैयामा रहेको साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले घटनाको डेढ महिनापछि आइतबार पत्रकार सम्मेलन गरी आरोपितलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ५ का २० वर्षीय दीपक सदा र ७ का २२ वर्षीय रविन सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ काम गर्दै आएका मिर्चैया नगरपालिका– ७ का ६० वर्षीय किशोरी राय कुर्मीको ११ असारमा हत्या भएको थियो । 

See More On

सुझावित समाचार