एक लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ, पौने दुई लाखको चेक पनि बरामद

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित इन्जिनियर र अर्का एक व्यक्तिसहित दुईजनालाई रंगेहात पक्राउ गरेको छ।

धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनका साथी गुरुदेव यादव एक लाख घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई नगरपालिकाको वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख ७५ हजार चेक पनि अख्तियारको टोलीले बरामद गरेको छ।

उनीहरूले नगरपालिकामा वाल निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार