सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकानगर, बुटवलस्थित चौराह हस्पिटल प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
ग्राहकहरूलाई विशेष छुट दिने विषयमा सिटिजन्स बैंक र चौराह हस्पिटलबीच साे समझदारी भएकाे हाे। अब सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएकाे छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।