सांसद शर्मासहित नक्कली प्रमाणपत्रधारी चिकित्सकमाथि लिखत किर्ते मुद्दा चल्ने

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी एमबिबिएस पढेको अभियोगमा पक्राउ परेका चिकित्सकहरूलाई प्रहरीले लिखत किर्ते मुद्दामा कारबाही अघि बढाएको छ। 

आठजना पक्राउ परेकोमा ६ जनालाई लिखत किर्ते मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न केन्द्रीय अनुसन्धान ब्युरोले अदालतमा पेस गरेको छ। 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्मासहित आठजनालाई सिआइबीले बिहीबार र शुक्रबार गरी पक्राउ गरेको हो। 

शुक्रबार ६ जनालाई मात्र अदालत उपस्थित गर्न भ्याइएको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। 

यस्ता अपराधमा विगतमा प्रहरीले ठगी मुद्दा चलाएको थियो। जसमा पीडितको जाहेरी नहुँदा सबैजसोले सफाइ पाएका थिए।

सुझावित समाचार