‘द पर्पल बुक अफ ट्याक्स’ बजारमा

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

सिए शेषमणि दाहालद्वारा लिखित ‘द पर्पल बुक अफ ट्याक्स’को छैटौँ संस्करण बजारमा उपलब्ध भएको छ । पुस्तकमा आर्थिक ऐन, २०८० ले संशोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा अंग्रेजी भाषमा प्रस्तुत गरिएको छ ।

 
त्यस्तै, भन्सार र अन्तःशुल्कका व्यवस्थालाई सरल भाषामा बुझ्नका लागि त्यस्ता व्यवस्थालाई संक्षिप्त रूपमा समेत प्रस्तुत गरिएको छ । त्यसका साथै, आर्थिक ऐनमार्फत लगाइएका सम्पूर्ण कर, महसुल, दस्तुर, शुल्क तथा रोयल्टीका साथै आर्थिक ऐन, २०८० मार्फत करमा दिइएका छुट तथा सहुलियतलाई समेत छुट्टाछुट्टै रूपमा यही पुस्तकमा समावेश गरिएको छ ।

आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्या ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको रहेको छ । 

यस पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पुर्वादेश तथा सर्वोच्च अदालतले करसम्बन्धी मुद्दामा गरेका महत्वपूर्ण व्याख्या तथा फैसलालाई ऐनका दफासँगै मिलाएर राखेका कारण यो पुस्तक करसम्बन्धी महत्वपूर्ण स्रोत सामग्रीका रूपमा पाठकहरूले प्रयोग गर्ने गरेका छन् । उपत्यकाभित्र तथा बाहिरका मुख्य सहरका प्रमुख पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको लेखकले जनाएका छन् ।

सुझावित समाचार