प्रोगेसिभ एजुकेसनल फोरम चाबहिलले गायन तथा नृत्य प्रतियोगिता गर्ने

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

सोह्रौँ वार्षिक समारोहको अवसरमा  प्रोगेसिभ एजुकेसनल फोरम चाबहिलले उक्त फोरमभित्र आवद्ध संस्थागत  विद्यालयको संयुक्त आयोजनामा गायन तथा नृत्य प्रतियोगीता आयोजना गर्ने भएको छ । आउने शुक्रबार फोरमले एसईई सम्मानका साथै गायन तथा नृत्य प्रतियोगीता गर्ने भएको हो । 

उक्त छाता संगठनभित्र आवद्ध विद्यालयमा शैक्षिक र अतिरिक्त कार्यक्रमलाई उकास्न फोरमले विद्यालयबिच वर्षभरि हस्तलेखन,कविता,वक्तृत्वकला,चित्रकला,वादविवाद, नेपाली र अंग्रेजी हिज्जे ,कथावाचन,बास्केटवल,फुटवलजस्ता  विविध किसिमका प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम गर्दै आएको छ । 

उक्त कार्यक्रममा वरिष्ठ गायक,तथा संगीतकार  दीप श्रेष्ठलाई अभिनन्दन गरिँदै छ भने उक्त फोरमभित्रका विद्यालयमा लामो समयदेखि  अध्यापन गर्ने र कार्यरत कर्मचारीहरूलाई दीर्घकालीन सेवा सम्मान,अनि एसईई सम्मान,  गायन र  नृत्य प्रतियोगिता सफल र विजयी विद्यालय र विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिने फोरमले जनाएको छ । 

सुझावित समाचार