संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

संखुवासभा कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको छ। कैदी आकाश बलामी र विनोद तोलाङगीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएकाे खाँदबारी  कारागारका जेलर राजेन्द्र घिमिरेले बताए।

उनका अनुसार गएराति १ बजेतिर मृतक दुईजना तोलाङगी र बलामीले शौचालयको झ्याल तोडेर कारागारबाट भाग्ने प्रयास गरिरहेको अवस्थामा सुरक्षामा रहेको प्रहरीले देखेपछि नियन्त्रणमा लिएर कारागारभित्र पठाएको र त्यसपछि भित्र रहेका कैदीहरूले कुटपिट गर्दा घाइते भएका थिए।

उनीहरूको खाँदबारी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सुझावित समाचार