एम्बाप्पे प्रशिक्षणमा सहभागी नहुने

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

 केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)को लिग १ सिजनको सुरुवाती प्रशिक्षणमा सहभागी भएनन् । पिएसजीले लिग १ सिजनको प्रशिक्षण सोमबारदेखि गरेको थियो । तर, क्लबसँगको सम्झौता विवादमा परेका कारण उनी प्रशिक्षणमा सहभागी नभएका हुन् ।

एम्बाप्पे रियल म्याड्रिड जान चाहन्छन् । पिएसजी भने एक वर्षको सम्झौता बाँकी रहेका कारण फ्रेन्च खेलाडी एम्बाप्पेलाई रिलिज गर्ने पक्षमा छैन । यसै कारण क्लब र एमबाप्पेबीच विवाद चलिरहेको हो । पिएसजीले सिजनअगाडि गरेको प्रि–अभ्यास खेलमा समेत उनलाई सहभागी गराएको थिएन । 

पिएसजी उनलाई बेच्न वा अन्य क्लबमा सित्तैमा जान नदिन ट्रान्सफर शुल्क सुरक्षित गर्न चाहन्छ । यसैबीच, एम्बाप्पेलाई भित्र्याउन साउदी प्रो लिग अल हिलालले विश्व फुटबल इतिहासकै कीर्तिमानी रकम प्रस्ताव गरिरहेको छ । 

सुझावित समाचार