पोखरा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेस्वरी स्कुलहरू तीन दिन बन्द हुने भएका छन्।
आँखा पाक्ने रोगको संक्रमण फैलने क्रम बढेसँगै महानगरपालिका प्रमुख धनराज आर्चायको संयोजकत्वमा बसेको सरोकारवालाहरूको बैठकको बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले मंगलबार एक सूचना जारी गर्दै हाल आँखा पाक्ने रोगले धेरैलाई आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विभिन्न विद्यालयहरूमा समेत परिरहेको साथै आँखा पाक्ने रोग आफैँमा संक्रमित रोग भएकाले संक्रमणको चक्रलाई रोक्न बर्खे/हिउँदे/स्थानीय बिदाबाट कट्टा हुने गरी तीन दिन बिदा दिने निर्णय भएको जनाएका छन्।