नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  दुई ठाउँको पहिरो पन्छाएपछि बिहान ९:३०  बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । 

आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका– ६ कालीखोलानजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि  पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाउँको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । 

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाडौं र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो । 

सुझावित समाचार