शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन, भोलि फेरि बस्ने

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

सदनको अवरोध हटाउन बसेको तीन दलको दोस्रो बैठक पनि निष्कर्षविहीन भएको छ। सभामुख देवराज घिमिरेको कार्यकक्ष बानेश्वरमा दुई चरणमा भएको छलफलमा सहमति नजुटेपछि भोलि बिहान १० बजे पुनः बैठक बस्ने तयारी गरिएको छ।

सत्तारुढ दलका नेताहरूकै आग्रहमा मंगलबार बिहान पुनः बस्ने गरी आजको दोस्रो बैठक स्थगित गरिएको एमाले सचेतक महेश बर्तौलाले बैठकपछि जानकारी दिए। ‘यसमा केही समय दिनुस् भोलि हामी छलफल गरी निष्कर्ष निकाल्छौँ भनेपछि आजको बैठक रोकियो। यो सरकार पक्षकै आग्रहबाट रोकिएको हो,’ उनले भने।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधकै कारण आजको राष्ट्रिय सभा बैठक बुधबार १ः०१ बजेसम्मका लागि र प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ।

सुझावित समाचार