‘भूराजनीतिको भार’ सार्वजनिक

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

लेखक तथा सञ्चारकर्मी बाबुराम विश्वकर्माद्वारा लिखित ‘भूराजनीतिको भार’ पुस्तक सार्वजनिक गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सहभाहलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री मीनेन्द्र रिजाल, वरिष्ठ पत्रकार तथा सहप्राध्यापक कुन्दन अर्याललगायतले पुस्तक विमोचन गरेका हुन् ।

इन्डिगो प्रकाशनले बजारमा ल्याएको यस पुस्तकमा नेपालको समसामयिक राजनीतिक, कूटनीतिक सम्बन्ध, छिमेकी मुलुक भारत र चीनको भूमिकालगायत सत्ता–शक्तिका लागि लुलुप्त दल र स्वार्थको राजनीतिलाई उजागर गरिएको छ । पूर्वमन्त्री रिजालले नेपालको घरेलु राजनीतिमा बाहिरी शक्ति घुस्दै गरेको बताउँदै छिमेकीसँगको सत्तोसराप गर्ने राजनीतिले मात्रै कूटनीतिक सम्बन्धलाई सहज नपार्ने धारणा राखे ।  

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुस्तकमा समसामयिक नेपालको भूराजनीति र परराष्ट्र सम्बन्धका बारेमा केलाउन खोजिएको बताए । उनले यससँग सम्बन्धित विषयमा थप जानकारी लिन पुस्तक सहयोगी बन्ने बताए ।  उनले देशका हरेक कुरामा भूराजनीतिक असर परेको बताए ।

See More On

सुझावित समाचार