किङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौंको किङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्च (नामी)ले नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन्।

सूचना प्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिएको किङ्स कलेज र वैज्ञानिक अनुसन्धान केन्द्र, नामीबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

कलेजले ६ महिने परीक्षणात्मक तालिम कक्षा सञ्चालन गर्ने जनाएको छ। यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम सञ्चालन गर्ने बताइएको छ। 

व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्तिका लागि आवश्यक उच्च गुणस्तरीय कार्यक्रमको डिजाइन गरी वितरण गर्नका लागि किङ्स कलेज र नामीले हातेमालो गरेको जनाएका छन्। 
 

सुझावित समाचार