जाजरकोटमा जंगली च्याउ खाँदा एकको मृत्यु

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

जंगली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन्।

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका– ४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो। मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी भएकी छिन्।

आमा, छोराले जंगलबाट ल्याएको च्याउ खाएका थिए। च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। 

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए। 

जंगलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन्। 

See More On

सुझावित समाचार