कालीगण्डकीमा एकजना बेपत्ता

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी संगममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका– १२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । 

त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । बेपत्ता भुसालको खोजी भइरहेको छ । 

सुझावित समाचार