सिटिजन्स बैंकका ग्राहकले दुई संस्थामा छुट पाउने समझदारी

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दुई संस्थामा छुट पाउने भएका छन् । बैंकले चितवनको भरतपुरमा रहेको होटेल चितवन तथा काठमाडौंको बागबजारमा रहेको डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरसँग बैंकका ग्राहकले छुट पाउने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।  

समझदारीअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले होटेल चितवनमा २५ प्रतिशत र डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४७ एटिएम, तीन विस्तारित काउन्टर तथा ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार