विद्यालय शिक्षा ऐनको विधेयक क्याबिनेटबाट स्वीकृत, संसदमा दर्ता हुने

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण
विद्यालय शिक्षा ऐनको विधेयक क्याबिनेटबाट स्वीकृत, संसदमा दर्ता हुने

मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठक । तस्बिर : रासस ।

सरकारले विद्यालय शिक्षा ऐन संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि प्रक्रियामा रहेको विधेयकलाई स्वीकृत गर्दै संसदमा लैजाने अनुमति दिएको हो।

‘मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिबाट क्याबिनेटमा पेस भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ,’ सञ्चारमन्त्री रेखा शर्माले भनिन्। 

मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै शिक्षा मन्त्रालयले विधेयक संसदमा दर्ता गर्नेछ।

सुझावित समाचार