सुन तस्करी छानबिनलाई सहज बनाउन उच्चस्तरीय समितिको माग गरेका हौँ : महेश बर्तौला

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका छन्। 

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरूले संकेत पाएको उल्लेख गर्दै उनीहरूलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको दाबी गरे। 

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजस्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने स्पष्ट पारे।

अहिले छानबिनमा संलग्न रहेका निकाय तथा अधिकारीहरूले पनि उच्चस्तरीय छानबिनको आवश्यकता औँल्याइरहेको उनको भनाइ थियो। सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा सरकार डराइरहेको आरोप लगाए। 

सुझावित समाचार