सेयर बजार राताम्मे, साढे दुई अर्बको कारोबार

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

साताको कारोबारको पहिलो दिन सेयर बजार राताम्मे भएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा ओर्लिएको छ। 

आज ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज म्युचल फन्डबाहेकका सबै सेयर ओरालो लागेका छन्। सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार राताम्मे भए पनि पिपुल्स पावर कम्पनीको सेयर र सुपर माई हाइड्रोको सेयर तीन प्रतिशतले बढेको छ। 

सुझावित समाचार