टिभिएस मोटर कम्पनीका लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रोपटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत ६ साउनमा आयोजना भएको राइड टिभिएसको बुटवल सोरुम (बालाजी अटोमोबाइल्स)बाट सुरु भएर वनवाटिका, बुटवल पुगेर समापन भएको थियो ।
करिब ४० जना राइडर सहभागी भएको उक्त राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो । साथै, सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।