सेयर बजार आज बुधबार पनि घटेको छ। मंगलबार ३६.१९ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ८.११ अंकले घटेर दुई हजार एक सय ५६.११ विन्दुमा ओर्लिएको छ।
आज दुई सय ६० कम्पनीका ७३ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४३ करोडबराबरको कारोबार भएको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार दुई अर्ब ९१ करोड सात लाखको कारोबार भएको थियो।
आज कारोबार भएकामध्ये किसान लघुवित्तको सेयर सर्वाधिक ६.९६र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५८ प्रतिशतले वृद्धि भएकाे छ।