हिमालयन डिस्टिलरीले पायो उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

हिमालयन डिस्टिलरी लिमिटेडले उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२२’ अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत नीरज सुवेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेको जनाइएको छ । 

हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरूको वास्तविक तथ्य आमलगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिरहेको र यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले बताए । 

कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने जनाइएको । कम्पनीले बजारमा ल्याएका गोल्डेन ओक, ब्लु ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन अयलालगायतका मदिरा बढी रुचाइएको जनाएको छ ।
 

सुझावित समाचार