नेपाल क्लियरिङ हाउसलाई बिपिए अवार्ड– २०२२

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

नेपाल क्लियरिङ हाउसलाई नेसनल बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ । क्लियरिङ हाउसउले आव ०७८/७९ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका आधारमा आइक्यानद्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।  

सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधाअन्तर्गत एनसिएचएलले दोस्रो स्थानको पुरस्कार प्राप्त गरेको थियो । साथै, सार्क क्षेत्रमा साफा बस्टे प्रिजेन्टेड अन्युअल रिपोर्ट अवार्डअन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ पनि प्राप्त गरेको थियो ।

यसैगरी, सन् २०१९ मा एनसिएचएललाई आइक्यानको बिपिएअन्तर्गत सोही विधामा पहिलो पुरस्कार र साफाद्वारा तेस्रो स्थानको पुरस्कार दिइएको थियो ।   
 

सुझावित समाचार