लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल राष्ट्र बैंक घेराउ गर्न बालुवाटार पुगेको छ। विभिन्न माग राखी उनीहरू शनिबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार गएका हुन्।
करिब आठ–नौ सय लघुवित्तपीडितहरू माइतिघरमा जम्मा भई बालुवाटार गएका हुन्। भाटभटेनी चोकअगाडि बाटोमा बसेर उनीहरूले प्रदर्शनसमेत गरेका छन्।
लघुवित्तको ऋण मिनाहा हुनुपर्ने, लघुवित्तहरू खारेज गर्नुपर्ने, किसानलाई विनाधितो सहज ऋण प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेलगायतका माग राख्दै संघर्ष समितिले प्रदर्शन गर्दै आएको छ।
.jpg'_'.2023-07-22.jpg)
.jpg'_'.2023-07-22.jpg)
.jpg'_'.2023-07-22.jpg)
.jpg'_'.2023-07-22.jpg)
.jpg'_'.2023-07-22.jpg)
.jpg'_'.2023-07-22.jpg)
.jpg'_'.2023-07-22.jpg)