‘लक्ष्मी भ्यालु फन्ड–२’ को इकाइ बिक्री खुला

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘लक्ष्मी भ्यालु फन्ड–२’ नामक बन्दमुखी म्युचुअल फन्ड निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाइ १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँबराबरको आठ करोड इकाइहरू निष्कासन गर्न लागेको हो ।

निष्कासन गर्न लागेको इकाइमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी सन्राइज बैंकले बिज पुँजीका रूपमा लगानी गर्ने तथा बाँकी रहेको ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको जनाइएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम एक सय इकाइदेखि अधिकतम ८० लाख इकाइसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

यो फन्डमा लगानीकर्ताले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्ने जनाइएको छ । 

सुझावित समाचार