ट्राफिक प्रहरीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मालीगाउँ ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्यस क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थापनलगायत चुस्तदुरुस्त ट्राफिक व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो । 

ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए ।

ट्राफिक प्रहरी वृत्त मालीगाउँका प्रहरी निरीक्षक सागर घलेले यस किसिमको सहयोगले ट्राफिक प्रहरीलाई मद्दत पुगेको धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन बैंकलाई आग्रह गरेका थिए । बैंकले हाल देशभर आफ्ना  एक सय १२ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सुझावित समाचार