चन्द्रागिरिकाे मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास)मा यस मन्दिरमा मेला लाग्छ 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्छ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । 

एक महिनामा दुईवटा औँसी परे उक्त महिनालाई पुरुषोत्तम (मलमास, अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता छ । चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले मंगलबारदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिए । 

उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाइ छ । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा–पुरुषोत्तम महात्म्य वाचन हुनेछ । भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।

सुझावित समाचार