देवघाटको गलेश्वर आश्रमलाई सिटिजन्स बैंकको सहयोग

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देवघाट धामको गलेश्वर आश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व आश्रमलाई दुईपटक गरी पाँच लाख रुपैयाँ सहयोग गरेको हो । 

तनहुँको देवघाटमा रहेको संस्कृत गुरुकुलमार्फत देशभरिका विद्यार्थीलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको गलेश्वर आश्रमलाई गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि तीन लाख रुपैयाँ र हाल भवनको कार्यप्रगति निरीक्षण गरी थप दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ । साथै, बैंकको महोत्तरीको सम्सी शाखाले जनता माध्यमिक विद्यालयका करिब एक सय विद्यार्थीलाई झोला वितरण गरेको जनाइएको छ । 

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत झोला वितरण गरेको उल्लेख छ । उक्त विद्यालयमा अधिकांश मुस्लिम तथा दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अध्ययनरत रहेकाले उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वासका साथ सहयोग गरेको बैंकले जनाएको छ । 

हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४५ एटिएम, तीन विस्तारित काउन्टर तथा ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार