‘विश्वप्रसिद्ध सन्तहरूको जीवनचरित्र’ बजारमा

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

लेखक एवं अनुसन्धानकर्ता उद्धवप्रसाद भट्टराई चैतन्यदीपले ‘विश्वप्रसिद्ध सन्तहरूको जीवनचरित्र’ बजारमा ल्याएका छन् । सन्तका बारेमा उनी लेख्छन्–‘जो शान्त छ, निष्पृह छ, प्रेम र आनन्दले ओतप्रोत छ र आफू दुःख सहेर पनि अरूलाई सत्मार्ग देखाउन सक्छ, अरूको दुःखमा साथ दिन्छ र आध्यात्मिक ज्ञानमा सिद्ध छ भने त्यही व्यक्ति सन्त हो ।’

यस पुस्तकमा ५५ जना विश्वप्रसिद्ध सन्तहरूको संक्षिप्त जीवनीसँगै उनीहरूले दिएको ज्ञान समेटिएको छ । पुस्तकमा महर्षि वाल्मीकि, याज्ञवल्क्य, वेदव्यास, महामुनी सुकदेव, सिद्धार्थ गौतम बुद्ध आदि शङ्कराचार्य, सन्त सुकरात, महावीर, निम्बाकाचार्य, लाओ–त्सु, रामानुजाचार्य, रामानन्दाचार्य, कविरदास, तुलसीदास, गोरखनाथ, नानक, आवाल ब्रह्मचारी, स्वामी प्रभुपाद, रमण महर्षि, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, परमहंस योगानन्द, खप्तड बाबा, जे कृष्णमूर्ति, इमर्सन, कृपालुजी महाराज, जैनमुनी, करपात्रिजी महाराज, साइबाबा, ब्रह्मा बाबा, सच्चिदानन्द विशुद्धदेव, योगी नरहरिनाथ, ओशो रजनीशलगायतको जीवनचरित्र समेटिएको छ । चार सय ६८ पृष्ठको पुस्तकको मूल्य व्यक्तिगत एक हजार पाँच रुपैयाँ छ । 

See More On

सुझावित समाचार