परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्यान्ड जाने भएका छन् । थाइल्यान्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा भाग लिन आज उनी त्यसतर्फ जान लागेका हुन् ।
परराष्ट्रमन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १:३० बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमबार बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्कनेछन् ।