प्रधानमन्त्रीलाई राष्ट्रपतिको समवेदना सन्देश

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दु:ख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदना सन्देश पठाएका छन् । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरे । सीताको सशस्त्र संघर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनहरूमा महत्वपूर्ण भूमिका रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।  

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ,’ राष्ट्रपति पौडेलकाे समवेदना पत्रमा भनिएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको समवेदना पत्र अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे । 

See More On

सुझावित समाचार