जोशी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् । 

काठमाडौंमा रजिस्टर्ड कार्यालय रहेको जोशी हाइड्रोपावरले हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको प्रतिसेयर अंकित एक सय रुपैयाँका दरले १ कित्ता सेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ ।

सुझावित समाचार