एनआइसी एसिया बैंकले ग्राहकलाई दियो दुर्घटना बिमाबापत ५० लाख भुक्तानी

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँचजना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

दुर्घटना बिमाबापतको बिमा लाभ प्राप्त गर्ने ग्राहक चितवनको बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडका भाइ राजनप्रसाद बछाड, रुपन्देहीको ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालका बुबा लक्ष्मण खनाल, बर्दियाको भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारूका बुबा दुल्लुराम थारू, सुनसरीको झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछिमादेवी घिमिरे दाहाल र स्याङ्जाको कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारी रहेको जनाइएको छ । उनीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको बैंकले जनाएको छ । 

बैंकको बिमासहितका निक्षेप योजनाहरूअन्तर्गत हालसम्म तीन हजार एक सय १६ जना ग्राहकलाई नौ करोड ४० लाख रुपैयाँभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण भइसकेको जनाइएको छ । जसमध्ये घातक रोग बिमाबापत २८ जनाले तीन करोड रुपैयाँ, दुर्घटना बिमाबापत १७ जनाले एक करोड ७० लाख रुपैयाँ र मेडिकल बिमाबापत तीन हजार ७१ जनाले चार करोड ७० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । 

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा चारजनालाई पाँच वर्षका लागि ८४ लाख रुपैयाँसम्मको बिमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको जनाएको छ । बैंकले हाल देशभरमा तीन सय ६० शाखा, चार सय ७३ एटिएम, एक सय १० विस्तारित काउन्टर एवं ६५ शाखामार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार