तीन लाख ७५ हजार अवैध भारुसहित एक भारतीय पक्राउ

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

मकवानपुर प्रहरीले मंगलबार हेटौँडाबाट तीन लाख ७५ हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ स्थित सडकखण्डमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त अवैध रकम बरामद गरेको हो।

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको यात्रुबाहक बसमा सवार भारतको बेतिया जिल्ला थाना बैरियाग्राम मियापुर दबाैली– ७ बस्ने ४० वर्षका रमेश साह गुप्ता पक्राउ परेका मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

खानतलासीको क्रममा गुप्ताले आफ्नो कम्मरको भागमा कपडाले बेरी लुकाई ल्याएको अवस्थामा अवैध भारतीय रुपैयाँ फेला पारेको प्रवक्ता कार्कीले बताए। सो अवैध भारुसहित गुप्तालाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको उनले जानकारी दिए।

सुझावित समाचार