प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो ३ बजे बस्ने भनिएको बैठक करिब सवा घन्टा ढिलो गरी सुरु भएको हो।एमालेले अस्तिकै कार्यसूची हुबहु आएको भनेर आपत्ति जनाएपछि बैठकमा ढिलाइ भएको हो।
प्रधानमन्त्रीले आत्मालोचनासहित अभिव्यक्ति सच्याउने र प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा दुःख व्यक्त गर्ने सहमति भएपछि सदन चलाउन एमाले सहमत भएको हो। अहिले प्रधानमन्त्रीले जवाफ दिइरहेका छन्।