हिमालयन बैंकका ग्राहकको मृत्यु बिमा दाबी भुक्तानी

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

 हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बिमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला ईश्वर गुरागाईंको दुर्घटनामा परी असामयिक निधन भएकाले निजकी पत्नी विमला गुरागाईंलाई बिमा दाबी रकम भुक्तानी दिएको हो । 

बिमा रकम बैंकको बनेपा शाखाका प्रबन्धक सूर्योदय प्रजापतिले हस्तान्तरण गरेको जनाइएको छ । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाको दुर्घटना मृत्यु बिमा खरिद गरेको जनाएको छ ।

हाल बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा सुविधा प्रदान गर्दै आएको उल्लेख छ । त्यस्तै, अन्य बचत योजनाहरूमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा सुविधा प्रदान गर्दै आएको जनाइएको छ ।

सुझावित समाचार