नेपाल एसबिआई बैंकको ३०औँ वार्षिकोत्सव

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले ३०औँ वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले शपथग्रहण समारोहको आयोजना गरेको थियो, जहाँ बैंकका सबै कर्मचारीले बैंकको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा जोड दिए । शुक्रबार बैंकको प्रधान कार्यालय कमलादीमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने शनिबार वसन्तपुर दरबारपरिसर काठमाडौंमा सोही कार्यक्रम आयोजना गरेको थियो । 

सुझावित समाचार