मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण

मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै सुक्खा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ। शनिबार बेलुकी ४ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेसिन उक्त स्थानतर्फ जाँदै छ। हाल पहिरोमा ढुंगाहरू झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

सुझावित समाचार