देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण
देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु नै देशको अहिलेको आवश्यकता भएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू वा आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ट पारे। नेपालमा अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा सबै नेपालीलाई पहिले नै थाहा हुने भइसकेको भन्दै थापाले अब पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न रोक्न सक्नुपर्ने धारणा राखे।

‘म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो। मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ। तर, म थाकेको छैन, हारेको छैन, नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको वेलामा बनाउनुहुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु। सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु,’ उनले भने।

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ सुरु गर्न जरुरी रहेको बताए। सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले कांग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उनको धारणा छ।
 

सुझावित समाचार